‘राख्छु मुटु माझ’ भ्यालेन्टाइनडे को अवसरमा (भिडियोसहित)

सिनेपत्र/अमेरिका
अमेरिकाको ओहायो राज्यको एट्नामा बस्दै आएका दम्पति गायक पुर्ण कट्टेल र गायिका शितल शर्माले ‘राख्छु मुटु माझ’ नामक गीत सार्वजनिक गरेका छन् । भ्यालेन्टाइन डे को अवसर पारेर उक्त सांगितिक कोशेली सार्वजनिक गरिएको हो ।
गीतमा गीतकार केदार उप्रेतिको शब्द तथा संगीतकार सिडी बिजय अधिकारीको संगीत सिर्जना रहेको छ ।
गीतको म्युजिक भिडीयोमा कलाकारद्वय सुधीर श्रेष्ठ र समिक्षा पाेखरेल अभिनय रहेकाे छ भने उत्तम श्रेष्ठ शिशीरले निर्देशन गरेका हुन् ।
यही गीतबाट दम्पति गायकगायिकाले सांगितिक दुनियामा डेव्यु गरेका छन् ।
हेर्नुहोस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos


