चर्चित गायक शिव परियारकाे स्वरमा संस्कृत भाषाकाे गीत सार्वजनिक

सिनेपत्र/काठमाण्डाै
चर्चित गायक शिव परियारकाे स्वर रहेकाे संस्कृत भाषाकाे गीत ‘मम भाषा संस्कृतम्’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म युट्युव मार्फत सार्वजनिक भएकाे गीत स्वामी केशवानन्दको शब्द र संगीतकार चण्डि प्रसाद काफ्लेको को सङ्गीतमा तयार गरिएको छ ।
गीतको भिडियोमा गायक शिव परियार लगायत विभिन्न जातजातिकाे झाँकी देख्न सकिन्छ । सुर्यमणी जम्मरकट्टेलकाे निर्देशन रहेकाे भिडियोमा सुर्यमणी जम्मरकट्टेल र विशाल पाैडेलको सम्पादन रहेकाे छ । शाेभित जम्मरकट्टेल र अर्जुन भुषालले भिडियो खिचेका हुन् ।
गीतको भिडियोमा पशुपतिनाथ मन्दिर काठमाण्डाैं र कालिका मन्दिर ज्योतिनगरकाे रमणिय दृश्य देख्न सकिन्छ ।
हेर्नुहाेस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos


