प्रेम बरालको स्वरमा भजन सार्बजनिक !

सिनेपत्र/काठमाण्डाै

गायक प्रेम बरालको स्वरमा “जन्मे कृष्ण बाला” बोलको भजन सार्बजनिक भएको छ । कृष्ण जन्म अष्टमीको पावन अबसरमा सो गीत सार्बजनिक भएको हो । उक्त भजनमा प्रेम बराललाई दिपक पौडेल, कल्पना देवकोटा तथा नन्दु पौडेलले साथ दिएका छन् । गीतमा भगवान दास अर्यालको लय तथा शब्द रहेको छ ।

गीतको छायांकन श्री संकटा मोचन शिवालय मन्दिर देवचुली नगरपालिका वडा नम्बर ९, बिशालटारमा भएको हो ।

दिपक जोशिको छायांकन रहेको उक्त गीतलाई सदिश जोशिले सम्पादन गरेका हुन् । सन्दिप पौडेलको निर्देशनमा तयार भएको गीतलाई मस्र्याङ्गदि फिल्मस्ले तयार गरेको हो ।

Comments
Related News