‘जति चोट सहेनी’ सार्वजनिक, भिडियोमा गौरव र बिमलाको अर्गानिक प्रेम

सिनेपत्र/काठमाण्डाै

क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्ग को रचना रहेकाे  गीत ‘जति चोट सहेनी’ सार्वजनिक भएको छ । ममता गुरुङको आवाज रहेको गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ ।

यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ । भिडियोमा उदय सुव्वाको निर्देशनमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियोलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भने बल बहादुर मगरले सम्पादन गरेका हुन् । गीतकार चोङवाङ्गले नेपाली हिट सिनेमा निर्माण गरेका छन् । उनले कानुन , क्रान्ती , लेखान्त, मेरो प्यारो माइतीघर , रिफ्यूजी , मुर्चुङ्गा , आकाशे खेती जस्तो चलचित्रका निर्माता हुन् ।

भिडियोमा गौरव र बिमला को अर्गानिक प्रेम देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियाे ।

Comments
Related News