यस्ताे रहेछ ‘मेरो शैलुंङ गाउँ’

सिनेपत्र/काठमाण्डाै
आफ्नो गाउँ चिनाउने उदेश्यका साथ ‘मेरो शैलुंङ गाउँ’ बोलको गाउँ चिनारी गीत सार्वजनिक गरिएको छ। रचना रिमालको स्वर रहेको गीतको भिडियो शनिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा तेजेन्द्र गुरुङको संगीत तथा शव्द प्रेम गुरुङको रहेको छ।
भिडियोमा सरस्वती धिमाल र नेशन सुस्लिङको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा पुनम गुरुङ,उर्मिला गुरुङ र प्रेम गुरुङ अभिनय रहेकाे छ। भुपेन्द्र गुरुङले निर्देशन गरेको भिडियोलाइ रबिन थापा मगरले छायाँकन र बन्दे प्रसादले सम्पादन गरेका छन्।
भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतले शैलुंङ गाउँको चर्चा गरेको छ।
भिडियाे हेर्नुहाेस् ।


