अन्तराष्ट्रिय नेपाली कलाकार समाज ,“मेरिल्यान्ड राज्य समिति” अमेरिकामा नयाँ कार्य समिति

सिनेपत्र/काठमाण्डौं
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको , “मेरिल्यान्ड राज्य समिति” सर्वसम्मतिबाट गठन भएको छ । कलाकार सृजन ताम्राकारको नेतृत्वमा ३३ सदस्यीय समिति सर्वसम्मतबाट बनेको हो ।
‘जिउँदो श्रष्ठालाई सम्मान गरौं, अहिले नगरे कहिले गर्ने हामी नेपालीले नगरे कस्ले गर्ने’मुख्य नारा सहित सम्मपन कार्यक्रममा मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा बसेको कार्यसमिति बैठकले सर्वसम्मतिबाट सृजन ताम्राकारलाई इनास मेरिल्यान्ड राज्य समितिको अध्यक्ष चयन गरेको थियो । साथै नव निवचित इनास मेरिल्यान्ड राज्य समितिलाई विधिवत रुपमा प्रमाणपत्र तथा सपथग्रहणको बाल्टिमोर स्थित स्थानीय छाता संगठन बानाको कार्यालयमा एक भव्य समारोह बीच गरिएकोछ ।
कार्यक्रममा ईनास ग्लोबलका महासचिव हरि शर्मा साथै इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामा इनास अमेरिकाका केन्द्र अध्यक्ष कृष्ण श्रेष्ठ, महासचिव रमेश मैनाली तथा केन्द्रका सदस्यहरु अमिता लामा र शान्ता पोख्रेल तथा इनास भर्जि्निया राज्य समिति सदस्य रबिन दासको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा इनास अमेरिकाका केन्द्रीय उपाध्यक्ष तथा मेरिल्यान्ड राज्य समितिका संरक्षक तथा मेरिल्यान्ड राज्यका संस्थापक निवर्तमान अध्यक्ष कन्हैया सिंह परियारको विशेष उपस्थिति रहेको थियो ।
पदभार कार्यक्रममा कार्यसमितिका वरिष्ठ कलाकारहरुमा गायक कन्हैया सिंह, गायिका अञ्जना गुरुङ, लोकगायक द्वय लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेल, गायक सृजन ताम्राकार, गायक श्याम गुरुङ, कलाकार इशा गुरुङ, ख्याति प्राप्त नायिका सारंगा श्रेष्ठ, गायिका सरिष्मा अमात्य, गायक देव किरण शाही, गायक दिनेश भण्डारी लगायतका कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।
नव निर्वाचित मेरिल्यान्ड राज्य समितिमा रहेका पदाधिकारीहरुमा अध्यक्ष सृजन ताम्राकार ,वरिष्ठ उपाध्यक्षमा श्याम गुरुङ, र उपाध्यक्षहरुमा क्रमश दिनेश भण्डारी, ,सारंगा श्रेष्ठ, अञ्जना गुरुङ, र गोपाल चन्द्र लामिछाने निर्वा्चित भएका छन् । यसै गरि सचिवमा लक्ष्मण पौडेल, सह सचिवमा रुथमान गुरुङ, कोषाध्यक्षमा इशा गुरुङ तथा सह–कोषाध्यक्षमा कल्पना देवकोटा पौडेल रहेका छन् । यस्तै सदस्यहरुमा देव किरण शाही ,मीरा गुरुङ,सरिस्मा अमात्य,सुन्दर हमाल,रमेश कुमार श्रेष्ठ, मोहन गुरुङ, अशोक उप्रेती, अमृत रामदाम, र राजिब श्रेष्ठ निर्वा्चित भएका छन् । नव निर्वाचित समितिले सन् २०१९ – २०२१ सम्मको लागि कार्यभार सम्हाल्ने छ ।
इनास मेरिल्यान्ड राज्य समितिको संरक्षकहरुमा वरिष्ठ लोकगायक प्रेमराजा महत, कन्हैया सिंह तथा अनसुया वन्त श्रेष्ठ तथा अनि बरिष्ठ सल्लाहकारमा वरिष्ठ हास्यकलाकार रतन सुवेदीलाई चयन गरिएको छ । सल्लाहकारहरुको रुपमा कुल प्रसाद गुरुङ, काजी कार्की, कुलमणि आचार्य, अमर छन्त्याल, क्रिस घिमिरे, शंकर घिमिरे ,रबिना थापा ,बैकुण्ठ मान श्रेष्ठ. कुमार कार्की तथा ईन्द्र थापालाई नियुक्त गरिएको छ ।
साथै आउने दिनहरुमा मेरिल्यान्ड राज्यमा रहने सम्पुर्ण नेपाली भाषी कलाकारहरुलाई संस्थामा समेटिदै कला र कलाकार साथै नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्दै कलाकारको हकहित र संस्थागत बिकासका लागि कटिबद्ध रहने प्रतिबद्धता नव निर्वा्चित अध्यक्ष ताम्राकार तथा लक्ष्मण पौडेलले बताएका छन् । साथै सम्पुर्ण कलाकारहरुलाई हातेमालो गरि दिन हुन अनुरोध समेत गरेका छन् ।


