साइँली र माइली पोइला गए छन् !

सिनेपत्र/काठमाडौँ
मुकुन्द किशोर भट्टराय नेपाली सिनेजगत, संगीतक्षेत्र तथा नाटक विधाको लागि पुरानो चिरपरिचित नाम हो । नेपाली चलचित्र जगतमा लगभग ४ दर्जन बढि चलचित्रमा अभिनय, भरिया, भरोसा, दाजु भाई, अनर्थ जस्ता चलचित्र लेखन गरि सक्नु भएछ । नेपाली गीतसंगीतमा पनि उहाँको योगदान राम्रै रहेको छ । भत्केको सपना नामक नाटकमा अभिनयबाट शुरु भएको उहाँको यात्रा शुकुल गुन्डा, चित्कार, बालब्रह्मचार्य जस्ता थुप्रो नाटक लेखन तथा अभिनय गर्नु भएको छ । उमेरले ७२ बर्ष पुग्नु भएका बरिष्ठ कलाकार मुकुन्द किशोर भट्टरायको ५५ बर्ष देखिको निरन्तर कलाकारिता अनुभव तपाईलाई जस्ताको तस्तै ।
साइँली र माइली पोइला गए छन् ।
गाउँघरनै शुन्य पारेर ।
हामीलाई झुक्याई भागेछन् ।
बाउबाजेको नाकै काटेर ।
म सायद पहिलो यस्तो संगीतकार होला । जो बिना हार्मोनिम, गितार बिनानै संगीत भर्न सक्छु । यो मैलै किन भने भने साइँली र माइली गीत रचना तथा संगीत पनि यसरीनै भएको थियो । कुरा हो , बि.सं. २०२९ साल ताकाको म कुपन्डोल बाट रत्नपार्क आउँदा सम्म गीत पनि पुरा भो संगीत पनि पुरा भो । पहिले मलाई जेठि र कान्छी राखौ कि भन्ने लागेको थियो । पछि साइँली र माइलीनै शब्द मलाई मन प¥यो । त्यसैले मैले साइँली र माईली शब्द राख्य । यो गीतको शब्द गायक मधु क्षेत्रीलाई मन प¥यो । यो गीत हिट हुन्छ भन्ने मधु क्षेत्री र उदित नारायण झा बीचमा सल्लाह भएछ । मधु क्षेत्रीले “दाई हजुरको यो गीत उदित र म भए गाउँछौ है ?” भनेर अनुमति मागे पछि मैले ल गाउँ भनेर अनुमति दिएको हुँ । अहिलेको जस्तो एफ.एम र सामजिक संञ्जाल त्यति बेला थिएन् । गीत बज्ने भनेको मात्र रेडियो नेपाल थियो । यो गीत त्यति बेला रेडियो नेपालमा दिनको छ, सात पटक सम्म बज्ने गथ्र्यो । गीत धेरै मन परेर यो गीतलाई मधु क्षेत्री भाईले पुनः रिमिक्स गरे । यो गीतलाई गायक दिपेश किशोर भट्टराय पनि गाउनु भयो । हाल आएर अष्ट्रेलियामा बस्नु हुने गायक राज के गोश्वामीले पनि गाउँनु भयो । भिडियो पनि राम्रो बनाउनु भएको छ । युटुबमा २२ लाख भियुज गएको छ भन्ने सुनेको छु । यसरी हेर्ने हो भने साइँली र माइली गीत चार पटक रिर्कडिङ्ग भएर बजारमा आएको गीत हो । २०२९ सालमा तयार गरेको गीत साल २०७६ सालमा आउँदा पनि हिट भएको छ । यो सबै नाट्श्यशोरी आमाको कृपाले हो ।
बरिष्ठ कलाकार मुकुन्द किशोर भट्टरायसँगको कुराकानी र अनुभव अझैँ बाँकी छ ।
हेर्नुहाेस् भिडियाे ।


