शरुभक्तको ‘भृकृटी’ को मञ्चन शुरु
हाम्रो कला /काठमाण्डौं
नाटककार शरुभक्त लिखित नाटक ‘भृकृटी’ को मञ्चन शुरु भएको छ । राजधानीस्थिति शिल्पी थियटरमा चैत्र ३ गतेबाट नाटकको मञ्चन शुरु भएको हो ।
राष्ट्रिय विभूति ‘भृकृटी’को इतिहासमा आधारित रहेको नाटकलाई पवित्रा खड्काले निर्देशन गरेकी छिन् । नाटकमा कोपिला ढकाल, हेमन ताण्डुकर, संगीता उराँव, राजन पङ्गेनी आदि कलाकारको अभिनय देख्न सकिन्छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका नाटककारले यस नाटकमा सातौं शताब्दीकी ‘भृकृटी’ ले तिब्बतमा नेपाली परम्परा र संस्कृतिलाई स्थापना गर्दाको कथा समेट्नु भएको छ ।
नाटकको मञ्चन आगामी १९ गते सम्म जारी रहने छ ।
Comments
Related News
Latest Updates
Trending
Videos


