अष्ट्रेलियन सरकारको निर्णयले नेपाली चलचित्रहरु मारमा

हाम्रो कला/अष्ट्रेलिया

बिदेशी चलचित्रहरूको प्रदर्शनीमा अष्ट्रेलियन सरकारले कडाई गर्ने भएको छ ।  जस कारण कुनै पनि सिनेमा चार शो भन्दा बढी देखाउन परेमा हरेक शोको छुट्टै शुल्क तिर्नु पर्ने भएको छ ।

पहिला चार शो भन्दा कम शो गर्दा सरकारलाई शुल्क तिर्नु पर्ने थिएन, तर अब त्यो भन्दा बढी शो चल्दा भारी शुल्क तिर्नु पर्ने हुन्छ ।अष्ट्रेलियन सरकारको बर्गिकरण शुल्क अनुसार १२० मिनेट देखि १८० मिनेट सम्मका चलचित्रहरूको चार शो भन्दा बढी गर्नु पर्यो भने एक शो को २,७६० अष्ट्रेलियन डलर शुल्क तिर्नु पर्ने हुन्छ ।

त्यो निर्णयको मारमा नेपाली चलचित्रहरू पनि पर्ने भएका छन् । उक्त कारणले गर्दा पहिले जस्तो नेपाली चलचित्रलाई अष्ट्रेलियामा ल्याउने मामिलामा चलचित्र बितरकहरू पछि हट्न थालेका छन् ।

अष्ट्रेलियन सरकारको बर्गिकरण बोर्डले सो निर्णय गरेको हो ।

Comments
Related News