पुष १० सिनेमा घर खुल्ने ?

सिनेपत्र/काठमाण्डाै
शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।
हल खोले पनि चलचित्र चलाउन भने सिनेकर्मीहरु त्यति आतुर छैनन् l आतुर पनि कसरी हुन सिनेकर्मीहरु , कोभिड पछि जसो तसो ९ महिना पछि चलचित्र क्षेत्र खोलीदैछ l नयाँ सिनेमा सरेपछि हल मात्र खोलेर त भएन , सिनेमा नि चलाऊन नै पर्यो l
तत्काल सिनेमा घरमा दर्शकको चाप नहुने भएका कारण हलमा प्रदर्शन भइसकेका फिल्म पुनः चलाइँदैछ । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रवारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन् । मल्टीप्लेक्समा भने यी दुई नेपाली फिल्मसँगै हलिउड फिल्म ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन हुँदैछन् ।
लकडाउनभन्दा अगावैदेखि बन्द रहेका सिनेमा हल यही पुष १० गते शुक्रवारबाट सञ्चालनमा आउँदैछन् । सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरु शुक्रवारबाट सिनेमा हल खोल्ने तयारीमा जुटेका छन् । सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो ।


