चलचित्र ‘भुइँमान्छे’ युनिट हेटौडामा

हाम्रो कला/हेटौंडा
चलचित्र भुइँमान्छेले नेपालका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा पोखरा, वुटलबल हुँदै चितवन पुगेको छ । चितवनमा पत्रकारहरुसँग भेटघाटमा चलचित्रकी अभिनेत्री सिपोरा गुरुङले अन्य चलचित्र भन्दा फरक बिषयबस्तुमा चलचित्र निर्माण भएकोले चलचित्र सफल हुनेमा आफु ढुक्क रहेको बताइन् । राम्रो चलचित्रमा मात्र अभिनय गर्ने आफ्नो चाहाना अनुसार फरक चरित्र तथा नयाँ कथा बस्तुको कारण यो चलचित्रमा आफुले अभिनय गरेको बताइन् ।

सोहि कार्यक्रममा चलचित्रका प्रमुख निर्माता तथा कलाकार रोहिणी भट्टराईले आफ्नो चलचित्र हेर्न दर्शकको घुइँचो लाग्ने बताउनु भयो । राम्रो मौलिक नेपाली कथानक चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादि रहेको उहाँको भनाई छ । चितवन चलचित्र पत्रकार संघको आयोजनामा आयोजित उक्त कार्यक्रम सकेर भुइँमान्छे युनिट हेटौडामा हुने विभिन्न कार्यक्रममा सहभागि हुदैं अहिले हेटौडामा रहेको छ ।
चलचित्र भाद्र २ गते देखि सार्वजनिक प्रदर्शनमा आउदैं छ ।


