अनिल र नरेशको संयुक्त लगानीमा ‘म्यूजिकल स्टेट स्टूडियो’

हाम्रो कला/काठमाण्डौं
लोकप्रिय गायक अनिल सिंह र गीतकारसंगै सञ्चारकर्मी नरेश भट्टराईले संयुक्त रुपमा ‘म्यूजिकल स्टेट स्टूडियो’ संचालनमा ल्याएका छन् । पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्स, गायक अनिल सिंह र संचारकर्मी नरेश भट्टराइले संयुक्त रुपमा स्टूडियोको उद्घघाटन गरेका हुन् ।
गायक अनिलको तेश्रो एल्बम ‘म्यूजिक स्टेट’बाट नै स्टूडियोको नाम राखिएको हो । यो स्टूडियोमा गीत रेकडिङ, टीभी कार्यक्रम उत्पादन, युटुब कार्यक्रम निर्माण गरिने गायक सिंहले बताएका छन् । संचारकर्मी भट्टराइले स्टूडियोबाट नेपाली चलचित्रको विदेश प्रदर्शनको समेत काम गर्ने उजानकारी दिए ।
स्टूडियो डिल्लीबजार, चारखालमा रहेको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos


