“म यस्तो गीत गाउँछु’को चक्रपथ परिक्रमाले धेरैको टाउको दुख्यो”-कान्छा पत्रकार सुजन आचार्य

हाम्रो कला/काठमाण्डौं
यही आउँदो २९ गते ‘म यस्तो गीत गाउँछु’ का नायक पल शाह र नायिका पूजा शर्माले एसियाकैं कान्छो पत्रकार सुजन आचार्य सँग संयुक्तरुपमा चक्रपथ परिक्रमा गर्ने भएका छन् ।
नेपाल दर्शन टेलिभिजनको आयोजनमा हुन लागीरहेको गायनको रियालिटी शो र चलचित्रको प्रचारको लागी कार्यक्रम गर्न लागीएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आज सम्पन्न भएको उक्त कार्यक्रममा एउटैं मञ्चमा उभिएर नायक शाह र नायिका शर्मा सँगैं कान्छा पत्रकार आचार्य र चलचित्रका निर्देशक शुदर्शन थापाले यस्तो घोषणा गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै पत्रकार आचार्यले “आगामी दिनमा आफूले प्रचारप्रसारका लागी नेपाल सँगै एसियाको पनि भ्रमण गर्ने बताएका थिए ।” साथैं “आफूले चलचित्र ‘म यस्तो गीत गाउँछु’ सँग सहकार्य गरेकोमा धेरैलाई टाउको दुखेको र टाउको दुखेकोलाई सिटामोल खान सुझाएका थिए ।” भने निर्देशक थापाले “आगामी कार्यक्रमको लागी शुभकामना ब्यक्त गरेका थिए ।” नायक पल र नायिका पूजाले पनि “कान्छा पत्रकार सँगै यात्रा गर्न पाउँदा निकै उत्साहित रहेको बताएका थिए ।”
पत्रकार सुजन आचार्य निकट भविष्यमानैं संचालनमा आउन लागेको टेलिभिजन नेपाल दर्शन च्यानलको अध्यक्ष समेत हुन् ।


