अर्को बृहत गायन रियालिटी शो हुदैं, पूजा र पलले दिने भए साथ

हाम्रो कला/काठमाण्डौं

प्रसारणको तयारीमा रहेको टेलिभिजन च्यानल नेपाल दर्शन टेलिभिजनले पनि बृहत गायनको रियालिटी शो आयोजन गर्ने भएको छ ।
एक पछी आर्को गर्दै टेलिभिजन च्यानलहरुले रियालिटी शो प्रसारण गरिरहेको बेला उक्त च्यानलले पनि नेपाल दर्शन आईडल नामक कार्यक्रम गर्न लागेको हो ।

रियालिटी शो प्रचारप्रसारको लागी आउँदो असार २९ गते चक्रपथ परिक्रमा कार्यक्रम हुने भएको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’का नायक पल शाह र नायिका पूजा शर्मा सहित रियालिटी शो कार्यक्रमका प्रमुख युवा पत्रकार सुजन आचार्य सहितले परिक्रमा गर्न लगेका हुन् ।

“चक्रपथ परिक्रमा सँगै देशव्यापी भ्रमणको शुरुवात हुने र चलचित्र र रियालिटी शो दुबैको प्रचार देशभर गरिने” पत्रकार आचार्यले हाम्रो कलालाई  बताएका छन् । सानै उमेरमा पत्रकारीता गरेर चर्चित भएका युवा पत्रकार सुजन आचार्य नेपाल दर्शन टेलिभिजनका अध्यक्ष समेत हुन् ।

Comments
Related News