‘फुड टेष्टिङ्ग’ मा “भूँईमान्छे”

हाम्रो कला/काठमाण्डौं

भाद्र २ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र “भूँईमान्छे”को टोलीसँग एकेडेमी अफ आर्ट एण्ड हस्पिटालिटी म्यानेजमेण्टका विद्यार्थीहरुले साक्षत्कार गरेका छन् । एकेडेमी अफ आर्ट एण्ड हस्पिटालिटी म्यानेजमेण्टको आयोजनामा विभिन्न देशको ‘फुड टेष्टिङ्ग’ कार्यक्रममा पुगेका चलचित्र “भूँईमान्छे”को टोलीसँग विद्यार्थीहरुले साक्षत्कार गरेका हुन् ।

साक्षत्कार कार्यक्रममा विद्यार्थीद्धारा राखिएको विभिन्न जिज्ञासामा चलचित्रका निर्माता रोहिणी भट्टराई कलाकारहरु सिपोरा गुरूङ्ग, सहिन प्रजापति, बादल भट्ट, निर्देशक नवराज बुढाथोकीले जबाफ दिएका थिए । डा.शुरेस लामिछानेले पोष्टमार्टमसँग सम्बन्धि आफ्नो अनुभव प्रस्तुत गरेका उक्त कार्यक्रममा चलचित्र “भूँईमान्छे”को ट्रेलर पनि प्रदर्शन गरिएको थियो ।

पोष्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित चलचित्र “भूँईमान्छे” मा रमेश बुढाथोकी, सिपोरा गुरूङ्ग, सहिन प्रजापति, बादल भट्ट, रोहिणी भट्टराई, रामबाबु रुेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्रकार, सौभर ढकाल, हरि यादव लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नवराज बुढाथोकीको निर्देशकका तयार भएको चलचित्रमा प्रमुख निर्माता रोहिणी भट्टराई रहेका छन् भने सहायक निर्माता निरुपा राज्य लक्ष्मी थापा र हरि यादव छन् ।

Comments
Related News