निरोगी बन्ने ३३ सुत्र
हाम्रो कला/स्वास्थ्य
स्वस्थ्य र निरोगी बन्ने चाहाना कस्को हुदैंन र ?, आज हामी स्वस्थ्य र निरोगी बन्नका लागी अपनाउन पर्ने वैज्ञानिक रुपले पुष्ट ३३ सुत्र बारे जानकारी दिदैंछौं ।
१. दैनिक ८ गिलास पानी पिउने ।
२. दैनिक रूपमा साग खाने ।
३. खानामा सलाद समावेश गर्ने ।
४. टुसा उम्रेका अनाज खाने ।
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनताताे पानीमा कागतीको रस राखेर पिउने ।
६. मौसमअनुसारका फलफूल खाने ।
७. चिसो पेयपदार्थ नपिउने ।
८. चिया/कफी धेरै नपिउने ।
९. रेसायुक्त तरकारी खाने ।
१०. नुन कम खाने बढी गुलियो नखाने ।
११. तारेको र डढेको नखाने ।
१२. तरकारीको बोक्रा नफाल्ने ।
१३. भुटेको भटमास, मकै, चना खाने ।
१४. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने ।
१५. खाना खानेबित्तिकै नसुत्ने ।
१६. चाँडै सुत्ने र चाँडै उठ्ने ।
१७. ८ घण्टा मस्त सुत्ने ।
१८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने ।
१९. बिहान कम्तिमा ३० मिनेट हिड्ने ।
२०. व्यायाम गर्ने तनावमा काम नगर्ने ।
२१. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित ।
२२. घुमफिर गर्ने ।
२३. प्रार्थना, पुजापाठ,ध्यान गर्ने ।
२४. जंकफुड, फास्टफुड सेवन नगर्ने ।
२५. बेलाबेलामा मनोरञ्जन गर्ने ।
२६. हरेक कुरामा चित्त बुझाउने ।
२७. धेरै नमोटाउने ।
२८. ६/६ महिनामा शरीर चेकअप गराउने ।
२९. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने ।
३०. शाकाहारी खानपान शैली अपनाउने ।
३१. दिनहुँ एकपटक मजाले हाँस्ने ।
३२. आफूलाई कमजोर नसम्झने ।
३३. सकारात्मक सोचाई राख्ने गर्ने ।


