सुष्मा भइन् मिसेस चितवन

हाम्रो कला/चितवन

सुष्मा थापाले मिसेस चितवन २०१७ को उपाधि जितेकी छन् । दाताज् इभेन्टस्को आयोजनमा भएको प्रतिस्पर्धामा अन्तिम १९ जनामध्येबाट थापाले सो उपाधि जितेकी हुन् ।उनले नगद ५० हजार रुपैयाँ सहित अन्य गिफ्ट ह्याम्पर समेत पाएकी छन् । पहिलो मिस नेपाल रुवी राणाले उनलाई ताज लगाईदिइन् ।

उनले मिसेस पर्सानिलिट अवार्ड, भ्यूयर्स च्वाइस अवार्ड समेत हात पारिन् । उनलाई सामाजिक सञ्जालको सकारात्मक तथा नकारात्मक पक्ष के के छन् भनेर सोधिएको प्रश्नमा उनले स्वयम व्यक्तिको व्यवहार, आचारणमा सामाजिक सञ्जालको सदुपयोग वा दुरुपयोग निर्भर रहने बताएकी थिइन् । उनले मिसेस चितवनले नारी भित्र गुम्सेर रहेका प्रतिभा, आत्मविश्वास, समयको अनुसार सहजै अंगाल्ने शक्तिको आधारको उर्जा मिलेको बताइन् । उनले महिला शशक्तिकरण यो प्रतियोगिता महत्वपूर्ण रहेको बताएकी छन् । एक छोराकी आमा बनेकी थापा २८ वर्षकी हुन् ।

यस्तै फस्ट रनर अप रेनु तामाङ् बनिन् । सेकेण्ड रनर अप आना ढकाल बनिन् । उनीहरुले क्रमश ३० हजार, २० हजार रुपैयाँ हात पारे । रेनु तामाङ्ले मिस ट्यालेन्ट अवार्ड जितिन् ।

आना ढकालले मिसेस कन्जियालिटि अवार्ड समेत जितिन् । मिसेस क्याटवाक अवर्डा रोजिना प्रधान, मिसेस डिसपिलिन् अवार्ड संगिता अर्याल, वेष्ट फिगर अवार्ड सविना चौधरी, वेष्ट स्किन अवार्ड जमुना शर्मा, फ्रेण्ड्ली अवार्ड सपना श्रेष्ठ, वेष्ट स्माइल अवार्ड शान्ति शाही तिवारी, पन्च्युयालिटि अवार्ड धनु थापा मगर, मिसेस व्युटिफुल नितु भण्डारी, मिसेस इनोसेन्ट अवार्ड रिता थनेत, वेष्ट चार्मिङ अवार्ड ज्योतिका थापा, वेष्ट हेयर अवार्ड सिता श्रेष्ठले जितिन् ।

निर्णायकको भूमिकामा आयोजक तर्फबाट विशाल गुरुङ्, पहिलो मिस नेपाल रुवी राणा, चर्चित फोटोग्राफर राजभाई सुवाल, कोरियाग्राफर पियुष कर्ण, युवा व्यवसायी रुविन रामुदामु रहेका थिए । प्रतिस्पर्धामा सहभागि अधिकांसले आफ्नो परिचय गराउने क्रममा ‘आमा’ को महत्वबारे बोलेका थिए । प्रतियोगितामा विवाहित महिलाले सहभागिता जनाएका हुन् ।

Comments
Related News