जेनजी घाइते संग चंगुलको सहकार्य

सिनेपत्र/काठमाडौं 

असोज १६ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘चंगुल’ संग घाइते जेनजी नेपाल संस्था संग सहकार्य गर्ने भएको छ ।

चलचित्रको निर्माण कम्पनी रि एण्ड कि फिल्मस्ले चलचित्रको रिरिज पछि आएको मुनाफाको केहि भाग घाइते जेनजीहरुलाइ सहयाेगार्थ दिने भनि प्रस्ताव पठाएको थियो र त्यहि प्रस्ताव उपर घाइते जेनजी नेपालले उक्त सहकार्य स्विकार गरिएको सस्थाका अध्यक्ष बादल राइद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ ।
जेनजी आन्दोलन किन भयो र त्यस अघि र पछिको अवस्थालाइ चलचित्रमा चित्रण गरिएको छ ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ ।

Comments
Related News