‘चौँरी’ महोत्सव हुने

हाम्रो कला/पाँचथर

चौँरी पालन विकासका लागि पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा चौँरी महोत्सव गर्ने तयारी भइरहेको छ । फालेलुङको सिदिन, मेमेङ, प्राङ्बुङ क्षेत्रको पर्यटनको समेत विकास गर्ने गरी किसानको अगुवाईमा चौँरी महोत्सव गर्न लागिएको हो ।
यहाँको सुर्केथाम दुग्ध सहकारी संस्था र फालेलुङ चौँरी पालक कृषक समुहको आयोजनामा २०७४ वैशाख १ गते महोत्सव गर्न लागिएको हो । महोत्सव भव्यताले सम्पन्न गर्न ‘चौँरी पर्या पर्यटन महोत्सव’ नामक आयोजक समिति समेत बनाइएको छ । जिल्ला वन कार्यालयको दुई लाख, जिल्ला पशुसेवा कार्यालय र जिविसको एक/एक लाख आर्थिक सहयोगमा महोत्सव गर्न लागिएको समिति उपाध्यक्ष चन्द्रलाल नेपालले बताउनुभयो ।

Comments
Related News