आचार्य लक्ष्मण पन्थी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक

सिनेपत्र/काठमाण्डौं

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थीलाई चार वर्षका लागि नियुक्त गरेको छ ।

आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील छन् । उनले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ, विश्व ज्योतिष महासङ्घ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दू महासङ्घलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।

पन्थीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिवसमेत हुन् ।

Comments
Related News