खुल्यो मिस नेपालका लागि आवेदन
हाम्रो कला/काठमाडौं
द हिडेन ट्रिजरले मिस नेपाल–२०१७औँ संस्करणको घोषणा गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जेठमा प्रतियोगिता आयोजना गरिने जानकारी दिइएको छ ।
मिस नेपालको विजेताले सन् २०१७ सम्पन्न हुने मिस वल्र्डमा सहभागिता जनाउन पाउने छ । त्यसैगरी प्रथम उपविजेता र द्वितीय उपविजेताले मिस अर्थ र मिस इन्टरनेसनल र यसै वर्ष आयोजना हुने मिस एसिया प्यासिफिक इन्टरनेसनलमा प्रतिनिधित्वको अवसर प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार, चैत अन्तिमबाट नेपालका प्रमुख सहरहरूबाट प्रतियोगीहरूको छनोट गरिने छ । छलफल तथा अन्तर्वार्ताको माध्यमबाट प्रतियोगीहरूको छनोट गरिने आयोजक ट्रेजरले जनाएको छ । छानिएका २० देखि २५ जना अन्तिम प्रतियोगीहरूलाई व्यक्तित्व विकाससम्बन्धी छ हप्ताको प्रशिक्षण प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा १९ वर्षदेखि २४ वर्ष उमेर, ५.४ फिटमाथिको उचाइ भएको नेपाली युवतीले भाग लिन सक्नेछन् ।


