चलचित्र ‘मेयर’का पात्र बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

 

सिनेपत्र/काठमाण्डौं

बागमती नगरपालिका सर्लाहीका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले दावी रहेको छ ।
थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएर आफन्तको नाममा सम्पत्ति राखेको अख्तियारले बताएको छ ।
मेयर भरतकुमार थापा उनै पात्र हुन् ,जसको संघर्षमा आधारित रहेर नेपाली चल‍चित्र ‘मेयर’ निर्माण भैरहेको छ । सिनेमामा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् ।
जसका लागि उनले सिनेमा छायांकनभन्दा अगाडि वाग्मती नगरपालिकामा नै केही समय बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए । खगेन्द्र सँगै चलचित्रमा अभिनेत्री वर्षा राउतले अभिनय रहेको छ। पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको सिनेमामा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहको छ ।

चलचित्रमा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहको छ ।

श्रृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन्।

Comments
Related News