चलचित्र घोषणा सँगै भारतको मुम्बईमा व्यस्थ निर्माता रघु परियार

सिनेपत्र/मुम्बई
केही साता अगाडि जन्मदिनको मेसो पारेर चलचित्र निर्माता तथा राजनितिज्ञ रघु परियारले चलचित्र ‘सायरा’ निर्माणको घोषणा गरेका थिए । त्यसको केही दिन पछाडी उनि भारत भ्रमणमा उडें । भारत भ्रमणका क्रममा रहेका रघु विभिन्न सम्मान तथा भेटघाट कार्यक्रममा उपस्थिती जनाई रहेका छन् ।
भारत को मुम्बईमा रहेका उनले केहि समय अगाडी भारतीय आेटिटि प्लेटफर्म तथा मिडियामा सुप्रसिद्ध कम्पनी ‘जी फाईभ’ का हेड सहित अन्य फिल्मकर्मीलाई समेट भेट गरेका छन् । चलचित्र ‘सायरा’लाई नेपाली सहित हिन्दी भाषामा डब गरेर विश्व बजारमा पुर्याउने घोषणा गरेका उनले शायद त्यसैकाे तयारीका लागी भेट गरेको अनुमान गर्न सकिन्छ ।
चलचित्र ‘सायरा’लाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । चलचित्रमा रघुको साथै बलिउड निर्माता तथा निर्देशक पुस्कर झा समेत लगानी रहने छ । भने उनी नेपाली जनता दलको तर्फबाट समानुपातिक बन्दसूचीको नम्बर १ मा परेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली जनता दलले आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम पहिलो नम्बरमा रहेको छ ।


