नयाँ वर्षमा ५ स्थानमा एकै पटक पन्चश्रीमहायज्ञ गरिने

सिनेपत्र/काठमाण्डाैं
मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यजी महाराजका संकल्पमा धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नयाँ वर्ष २०७९ अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ । पर्वतको कालन्जर हम्पाल पर्वत, बाग्लुंगको रारायीकोट( राजराजेश्वरी देवीको तपोभूमि ) , मालिका भगवति, म्याग्दीको तपोभूमि सिद्धथान (टोडके) , गौस्वारामा आउदो बैशाख १ गतेवाट ५ गते सम्म एउटै मुहुर्तमा महायज्ञ हुने भएको छ । ति सबै स्थानमा एउटै मिति र समयमा पन्चश्रीमहायज्ञ हुने भएको हो ।
बैदिक कालमा बिभिन्न ऋषिमुनिहरुको तपोभूमिका रुपमा चिनिएका ति स्थलहरुलाई तिर्थस्थल र धार्मिक पर्यटकिय क्षेत्रका रुपमा त्यहा पन्चश्रीमहायज्ञ लगाइने भएको हो । आयोजकका अनुसार नयाँ वर्षका अबसरमा हुने यज्ञस्थलहरुमा स्वामी कमलनयनाचार्यवाट २५ र ३२ वर्ष अघि ध्यान जप र तप गरिएका स्थलहरु हुन । पर्यटकिय स्थल टोडकेका स्थानिय ८४ वर्षिय टोलनाथ गैरेले स्वामीवाट करिब ३ दकक अघि तपस्या गरिएका स्थलमै नया वर्षका अबसरमा यज्ञ आयोजना हुनु धार्मिक दृष्टिकोणवाट अत्यन्त सकारात्मक कुरा रहेको बताईएको छ ।
महायज्ञ आयोजना गरिने स्थलमा शनिवार हेलिकप्टरवाट स्वामी कमलनयनाचार्य सहितको टोलिले स्थलगत अबलोकन गर्नु भएको छ । ति स्थानमा पुग्दा स्थानिय सर्वसाधारणको ठुलो संख्यामा उपस्थिती रहेको थियो । आउदो बैशाख १ देखि ५ गते सम्म महायज्ञ हुने भएको हो ।


