रेखा थापाको उजुरी

सिनेपत्र/काठमाण्डाैं
विभिन्न युट्युव र अनलाइन पोर्टलले आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले साइवर व्युरोमा निवेदन दिएकी छिन् । नावालिग बलात्कारको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहको विषयलाई जोडेर बिद्युतिय सञ्चार माध्यम मार्फत आफ्नो चरित्रहत्या गरिएको, गाली गलौच गरेको उल्लेख गर्दे उनले त्यस्ता युट्युव तथा सञ्चार माध्यमलाई कारवाहीको लागि निवेदन दिएकी हुन्। उनले आफूसहित नायिका ऋचा शर्मा, श्रृङखला खतिवडा, प्रियंका कार्किलगायतलाई युट्युवमा तथानाम गाली गरिएको निवेदनमा खुलाएकी छिन्।
व्युरोका प्रवक्ता नविन्द्र अर्यालले अभिनेत्री थापाकोतर्फबाट उनका आफन्तले जाहेरी दर्ता गराएको पुष्टि गरे।
Comments
Related News
Latest Updates
Trending
Videos


