नायक पल शाह फरार

सिनेपत्र/तनहुँ
उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर नायक पल शाह (पूर्ण विक्रम शाह) विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
पक्राउ पूर्जी जारी भएपछि शाह फरार भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भने पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने जानकारी दिएको छ ।
के छ कानूनी व्यवस्था ?
मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ ।
पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos


