गाउँपालिका अध्यक्ष पदमा एमालेबाट ‘प्रचण्ड’ उठ्ने !

 

सिनेपत्र/काठमाण्डाै‌ं

देशमा बिस्तारै चुनावी माहौल छाउन थालेको छ । स्थानिय तहको निर्वाचनको तयारीमा सरकार लागि परेको छ । स्थानिय तहको निर्वाचनको लागि दलहरु पनि आफ्ना उम्मेदवार छान्नको दौडधुप गर्न थालेका छन् ।

यस क्रममा काभ्रेपलान्चोक जिल्लामा जन्मिएका प्रदिप पाठक (नक्कली प्रचण्ड) हालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अध्यक्ष पदको लागि उम्मेदवारी दिने भएका छन् ।

नेपाली हाँस्य जगतमा चर्चित पात्र हुन कलाकार प्रदिप पाठक (नक्कली प्रचण्ड ) उनी सानै देखि अभिनयमा लागेका थिए । पछिल्लो समयमा उनले पुर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’को क्यारिकेचर गरेर गरेर चर्चामा रहेको थिए ।

“माओवादी अध्यक्ष प्रचण्डको भुमिमा अभिनय गरेकै कारण मलाई सबैले माओवादी भन्ने ठान्नु हुँदो रछ । तर मेरो सम्पुर्ण परिवारनै एमालेको सक्रिय कार्यकर्ता हुनुन्छ । म पनि स्कुले जिवनदेखिनै एमालेमा सक्रियरुपमा लागि रहेको छु । म सबैको सल्लाह अनुसार उनी एमाले बाट आफ्नै गाउँपालिका बाट चुनाब लड्दै छु । ” पाठकले भने ।

” मलाइ जसरी कलाकारितामा दर्सकहरुले मन पराइदिनु भयो, आफ्नै गाउँपालिकाका जनताहरुले नै मलाइ जिताउनु हुनेछ भन्ने पूरा बिश्वास छ ।” उनले थपे ।

प्रदिप पाठक (नक्कली प्रचण्ड) दर्जनौ सिरियलमा साथै ४-५ वटा फिल्ममा समेत काम गरि सकेका छन् । । उनले ‘बाह्रमासे’ नाम चलचित्रमा निर्माता तथा लेखकको रुपमा समेत काम गरेका छन् । हाल उनले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ठुलो माछा’ प्रदशनको तयारिमा रहेको छ । उनीले पछिल्लो समयमा च्वास्स पिरो सिरियलमा अभिनय पनि गर्दै आएका छन् ।

Comments
Related News