हास्य कलाकार मदनकृष्ण श्रेष्ठ परिवारमा कोरोना संक्रमण

सिनेपत्र/काठमाण्डौ‌

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ सहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ । चारदिन अगाडि गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

मदनकृष्णसँगै उनका छोरा यमन श्रेष्ठ, यमनकी श्रीमती, छोरी सराना र नातिनीलाई कोरोना संक्रमण देखिएको हो । उनीहरु अहिले घरमै बसेर आराम गरिरहेका छन् । सामाजिक सन्जाल फेसबुक मार्फत मदनकृष्णले कोरोना संक्रमणकाे जानकारी गराउदै लेखेका छन्,- “म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई काेराेना पोजेटिभ देखिएको छ ! भई सके पछि सास्ती चाही हुने रहेछ तेसैले यो भाइरस लाई खेलाँची नगर्नु होला ! जति सकिन्छ काेराेना बाट सतर्क रहनु होला !”

 

Comments
Related News