अभिनेत्री वर्षा सिवाकोटी स्किन सिटीको सिइओ

सिनेपत्र/काठमाण्डाै‌

नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा  बर्षा आबद्ध भएकी हुन् । नियुक्त भए सँगै वर्षाले सम्पूर्ण शुभेच्छुककाे साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् ।

नायिका शिवाकाेटीले चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि आफु अघि बढेको बताइन् । ‘लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ,’ वर्षाले भनिन्, ‘अब व्यापारिक रुपमा पनि आफूलाई आबद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु ।’

भैंसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने अभिनेत्री तथा सिइओ सिवाकोटीको भनाई रहेकाे छ ।

Comments
Related News