नेपालको नयाँ नक्सालाई निर्माता संघको स्वागत
सिनेपत्र/काठमाण्डौं
नेपालले कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारि गरे पछि नेपाल र भारतको दुरी बढ्दो छ । यो बिषयमा समयमा साइबर वार समेत चलेको छ । यसको उदाहरण पछिल्लो समय नेपाली विभिन्न नायिकाहरुको टाउको जोडेर पोर्न चलचित्र साइडमा राखिएको छ । नेपाल र भारतको यो बिषयमा नेपाली कलाकारहरुको एउटै स्वर सुनिएको छ । जुनकुरा एकदम सकारात्मक छ ।

यसै बिषयलाई लिएर नेपाल चलचित्र निर्माता संघले पनि नेपाल सरकारले कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारि गरेको बिषयलाई स्वागत योग्य काम भनेको छ । जेष्ठ १४ गते बुधबार प्रेस विज्ञप्ति जारि गर्दै भनेको छ “नेपाल एक सार्बभौम सम्पन्न,स्वाधीन र विश्वकै पुरातन मध्येएक पूर्ण स्वतन्त्र मुलुक हो । स्वाधीनताको हाम्रो आफ्नो वेग्लै गौरवमय इतिहास रहेको छ । हामी आफ्नो स्वाधीनता र सार्वभौमिक्तालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठेरो परिस्थितिमा नेपाल सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौ । ” साथै विज्ञप्ति मार्फत नयाँ नक्सा जारि गरेकोमा नेपाल सरकार, प्रमुख प्रतिपक्षदल तथा बिभिन्न राजनीतिक दलहरुलाई धन्यवाद समेत ज्ञापन गरिएको छ ।


