नेपाल चलचित्र पत्रकार संघको नेतृत्वमा दिनेश सिटौला

सिनेपत्र/काठमाण्डौं

नेपाल चलचित्र पत्रकार संघको आज भएकाे निर्वाचनमा अध्‍यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् ।  प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्‍यक्षमा निर्वाचित भएका हुन ।

त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली अर्का उपाध्‍यक्ष (संगठनतर्फ) कुवेर डंगोल, महिला उपाध्‍यक्षमा दीपज्‍योति थापा, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा , सचिव (जनजाति) तर्फ विशाल राई निर्वाचित भएका छन् । प्रदीप कार्की संघको कोषाध्‍यक्षमा निर्वाचित भएका छन् भने सह-कोषाध्‍यक्षमा विनोद पोखरेल विजयी भएका हुन् ।

संघको सदस्‍यहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिश’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) निर्वाचित भएका छन् ।

निर्वाचन सँगै चलचित्र पत्रकार संघ नेपालले आज आफ्नाे आठौँ महाअधिवेशन सम्पन्न गरेकाे छ।

Comments
Related News