कानूनी रुपमा बिहे गरे प्रियंका र आयुष्मानले

सिनेपत्र/काठमाण्डौं
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन् । प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन् ।
आज प्रियंका कार्कीको जन्मदिन पनि हो । जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले कानूनी बिहे गरेका हुन् ।
यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए । उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन् ।
भोलि शुक्रवार यो जोडीले नेपाली परम्पराअनुसार बिहे हुनेछ।
लामो समय प्रेममा रहेका आयुष्मान र प्रियंकाले असारमा नै बिहे गर्ने भनिए पनि परिवारको समय नमिलेका कारण फागुनमा सर्नु परेकाे थियाे ।
Comments
Related News
Latest Updates
Trending
Videos


