को बन्छ मिसेस चितवन २०१७ ?
हाम्रो कला/चितवन
मिसेस चितवन २०१७ को फाइनल प्रतिस्पर्धा यही चैत १४ गते हुने भएको छ । दाताज ईभेन्टस्को आयोजनामा हुने प्रतिस्पर्धामा छनौटमा परेका १९ जना सहभागी हुनेछन् । फाइनल प्रतिस्पर्धा भरतपुर क्यान्सर अस्पतालको सभाहलमा दिउँसो २ बजे हुनेछ । पहिलो मिस नेपाल रुबी राणा शाहले चितवनमा पहिलो पटक वैवाहिक महिलाहरुको क्षमता अभिवृद्धिका लागि भएको कार्यक्रम सह्रानीय भएको बताइन् । जयन सुब्बा मानन्धरले मिसेस चितवनका सहभागीलाई प्रशिक्षण दिएका छन् ।

आयोजक प्रतिनिधि दुर्गा घिमिरेले प्रतियोगितामा निष्पक्षरुपमा निर्णय गरिने बताइन् । आयोजक प्रतिनिधि मीना झाले प्रतियोगिता आकर्षण र सौन्दर्य क्षेत्रमा मात्रै सीमित नभएर नारी सशक्तीकरणमा केन्द्रित रहेको जानकारी गराइन् । प्रतिस्पर्धामा पहिलो हुनेले नगद ५० हजार रुपैयाँ, हुनेलाई नगद ३० हजार रुपैयाँ, तृतीय हुनेलाई नगद २० हजार रुपैयाँसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ । मिसेस चितवनका प्रतिस्पर्धीहरुको तालिम पनि जारी रहेको छ । प्रतियोगितामा विभिन्न पेशा, व्यवसायी, सेवामा आबद्ध विवाहित महिलाहरुको सहभागिता रहेको छ ।

