अप्रिल २१ मा सलमानको ‘टाइगर ३’

सिनेपत्र/मुम्बई

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । चलचित्रको रिलिज आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा  रहेको छ।

यो चलचित्र सलमानको एक्सन टाइगर सिरिजको तेस्रो भाग हो । ‘टाइगर ३’लाई मनिष शर्माले निर्देशन गरेका हुन् । चलचित्रको छायांकन हालै दिल्ली र आसपासका क्षेत्रमा पूरा गरिएको हो । यसअघि रुस र टर्कीमा पनि खिचिएको छ ।

‘टाइगर ३’मा अभिनेता इमरान हासमी पनि मुख्य भूमिकामा देखिंदैछन् । यसका अघिल्ला सिरिज सन् २०१२ मा ‘एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए ।

यो चलचित्रलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका छन् ।

Comments
Related News