टिकटकर र युटुबरले पनि तिर्नु पर्ने भो कर !

सिनेपत्र/काठमाण्डाै
सरकारले बजेट प्रतिस्थापन अध्यादेश मार्फत नेपालीले सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याएको छ ।
अर्थमन्त्रीले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउने निर्णय गरेको हो ।
सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्नेहरूलाई भुक्तानी दिने बैङ्क, वित्तीय संस्था तथा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको १ प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने छ।
Comments
Related News
Latest Updates
Trending
Videos

