नायक ब्रैड पिटलाई ऐश्वर्या राय बच्चन मन पर्ने

सिनेपत्र/एजेन्सी
बलिउडकी नायीका ऐश्वर्या राय बच्चन एउटा यस्तो नाम हो जुन विश्वव्यापी रूपमा परिचित छ । उनको तारिफ भारतमा मात्र नभई विश्वभरि, उनको सुन्दर लुक र अभिनय कौशलको तारिफ गरिन्छ । बलिउडबाट प्रियंका चोपडा र दीपिका पादुकोण ति स्टार हुन् जसले भारतलाई हलिउडमा राम्रो स्थान राम्रो स्थान बनाउन सफल भएका छन् ।
ऐश्वर्या राय बच्चन अभिनित पिन्क पैन्थर २ जस्ता चलचित्रहरू र उनको प्रभावशाली रहेको प्रमाणित गर्छ । सादय त्यसकारण, सन् २०१२ ओस्कार विजेता अभिनेता ब्रैड पिटले अन्तवार्ताको क्रममा उनी ऐश्वर्यासँग काम गर्ने इच्छा व्यक्त गरेका छन् । उनलाई ऐश्वर्या राय बच्चन मन पर्ने कुराको खुलासा गरेकाछन् । आई ए एन एससँगको अन्तवार्तामा सन् २०१२ मा रिलीज गरिएका आफ्नोे फिल्म ’किलिंग मी सफ्टेली’ लाई प्रचार गर्ने क्रममा ब्रैडले, “मौका पाए पछि म ऐश्वर्या राई बच्चनसँग काम गर्न चाहन्छु, किनभने उनी बहुमुखी अभिनेता हुन् ।” उनले थपे, “उनी एक बलिउडका लोकप्रिय अभिनेत्री हुन् , जसले आफ्नो शैली, सौन्दर्य र अभिनय कौशलले पश्चिममा ठूलो प्रशंसा प्राप्त गरेकी छिन् । मलाई लाग्छ कि हामी ट्रायमा सँगै अभिनय गर्ने अवसर गुमायौं ।”

छयालिस बर्षिय अभिनेत्रि ऐश्वर्या राय बच्चन सन् २००४मा वल्फङ्ग पीटरसनले निर्देशन गर्नलागेको चलचित्रमा ब्रिसिसको भूमिका निवाह गर्न प्रस्ताव गरिएका थियो तर ऐश्वर्याले उक्त प्रस्ताव अस्वीकार गरिन् । हलिउड चलचित्र वन्स अपन अ टाइम इन हलिउडमा अभिनयको लागि कुरा चर्चा चलिरहेको कारण उनले उक्त प्रोजेक्ट छोडेकि थिइन् तर विविध कारणवश् उनी त्यो चलचित्रबाट बाहिनु परेको थियो र उनको ठाउँमा रोज बर्नलाई लिएको थियो ।
के तपाई ऐश्वर्या राई बच्चन सँगै फिल्ममा हेर्न चाहानुहुन्छ ? भन्ने प्रश्नमा अभिनेता ब्रैड पिटले “मलाई बलिउड फिल्ममा काम गर्ने इच्छा छ । किनकि त्यहाँका चलचित्रहरूमा यति धेरै नाटक र रंग समावेश गरिएको हुन्छ । यदि मौका पाएको खण्डमा म बलिउड फिल्ममा काम गर्ने निर्णय गर्न सक्छु ।” भन्ने जबाफ दिए ।




