सुशांतकी पुर्व प्रेमीका रिया चक्रवर्ती फरहान अख्तरको घरमा !

 

सिनेपत्र / एजेन्सी

बलिउड अभिनेता सुशांत सिंह राजपूतको आत्महत्याको सम्बन्धमा उनको बयान रेकर्ड गरेको केही दिनपछि सुशांतकी पुर्व प्रेमीका रिया चक्रवर्ती आइतवार फरहान अख्तरको निवासस्थलमा देखा परेकि छिन् । रियासँग फरहानकी प्रेमिका, अभिनेत्री तथा भि.जे शिबानी दांडेकर पनि थिइन् ।

रियाले सबै सेतो परम्परागत पोशाक लगाएकि थिइन् भने अनुहारमा निलो मास्क लगाएकी देखिन्थ्यो ।

केहि समय अघि रिया र सुशांत एक अर्कालाई मिडियाको सामुन्ने डेट गर्दै थिए । उनीहरू गत वर्ष युरोपमा छुट्टी मनाउन लागि समेत गएका थिए ।
रिया निर्देशक रुमी जाफरी फिल्ममा सुशांतको जोडिको रुपमा अभिनय गर्ने चर्चा चलेको थियो । सो जानकारी फिल्म निर्माताले केहि समय अघि मात्रै खुलासा थिए । फिल्म रोमान्टिक,हास्यप्रधान रहने तथा सुशांतले फिल्म लुकडाउन बन्द गर्नका लागि राजी भएका थिए ।

“मैले उहाँसँग कुरा गरेको केही समय भयो । ऊ घरमा आएर मेरो परिवारलाई भेट्दै थियो । म उसको टेरेस फ्लैटमा पनि गएकी थिएँ । त्यहाँबाट समुद्र सुन्दरदृष्यसँग सुशांतसँग कामको बारेमा छलफल गरेको थिए । उनी काम शुरु गर्नको लागि धेरै सकारात्मक थिए । मेरी पत्नी र बच्चाहरुले यो दुखद खबर सुन्ना साथ रोएका थिए । अनुमतिहरू पाउने बित्तिकै हामी शुट गर्ने योजना बनाऊँदै थियौ ।” रूमीले एजेन्सीहरूलाई भने ।

जुन १४ मा सुशांत सिंह राजपूत उनको मुम्बईको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । मुम्बई प्रहरीले अभिनेताको मृत्यु आत्महत्याबाट भएको पुष्टि गरिसकेको छ । यसैबीच, शनिबार, मुम्बई पुलिसले एक विज्ञप्ति जारी गरी मुद्दाको स्थिति स्पष्ट पार्दै । मुम्बई प्रहरी इन्चार्ज अभिषेक त्रिमुखीले दिएको जानकारि अनुसार “बान्द्रा पुलिसले ३ सुशांत सिंह राजपूतको मृत्यु केसमा हालसम्म २७ जना व्यक्तिको बयान लिएको छ । हामीले उनको विस्तृत पोस्टमार्टम रिपोर्ट पाएका छौं र डाक्टरहरूले उनको मृत्युको कारण झुण्डिएर श्वासप्रश्वासको स्पष्ट उल्लेख गरेका छन् ।” सुशांत सिंह राजपूतको आत्महत्याले बलिउडमा कलाकारहरु दुई धारमा बिभाजित भएका छन् ।

Comments
Related News