कपाल काट्न माहिर ‘प्रीति जिन्टा’

सिनेपत्र/काठमाण्डौं

बलिउड अभिनेत्री प्रीति जिन्टा नाई बनेकि छिन् । केहि समय अघि उनले पति जीन गुडनफको कपाल काटि दिएकि छिन् । बुधवार, प्रीतिले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत आफैंले पति जीन गुडनफको केश काट्दै गरेको केही तस्विरहरू सार्बजनिक गरेकि थिइन् ।

प्रीति जिन्टाले पतिको कपाल काटेको तस्विर र भिडियो पोस्ट गरे लगत्तै बलिउडका उनका दर्शक तथा बलिउडका उनका सहकर्मीहरु रितिक रोशन, दिया मिर्जा लगायतले कमेन्ट गरेका थिए ।

उनले सार्बजनिक गरेको यो भिडियोबाट प्रीति जिन्टा अभिनय बाहेकको अतिरिक्त काममा पनि पोख्त रहेको बुझ्न सकिन्छ ।

Comments
Related News