‘सोनु सुद’ माथी महाराष्ट्र सरकारको आरोप !

सिनेपत्र/काठमाण्डौं

भारतमा लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमितको संख्या दिनानु दिन जस्तो बढ्दो छ । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दश हजार नजिक पुगेको छ । यसरी कोरोनाको माहमारीमा बढि रहेको बेला भारतीय कलाकारहरुले आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन् । चाहे अक्षय कुमारले जस्तो प्रधानमन्त्री फन्डमा करोडाँै दिएर होस् या अमिर खानले जस्तो आँटामा दश हजार रुपयाँ हालेर बाँडेर सहयोग गरेका छन् ।

पछिल्लो समय कोरोनाको यहि मौकालाई मध्यनजर गर्दै कतिपय ठाउँमा राजनिति पनि शुरु हुन थालेको छ । हालै बलिउडका चर्चित कलाकार सानु सुदले भारतिय मजदुरलाई गरेको सहयोगको चौतर्फि प्रशंसा भई रहेको छ । उनले भारतको महाराष्ट्रका श्रमिकहरुलाई यातायातको व्यास्था गरि घर जान मदत गर्नुको साथै कतिपय बस आफैले ड्राइभिङ्ग मजदुरहरुलाई सम्बन्धित स्थान सम्म छोड्ने गरेका छन् ।

सोनु सुदको यहि कुरालाई लिएर महाराष्ट्रका सरकारले राजनिति शुरु गरेको छ । सानु सुदको यो समाजिक कार्यको सबैले समर्थन गरिरहेको बेला शिव सेना पार्टीका महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनको पार्टीले सोनु सुदको सामाजिक कार्यको आलोचना गरेको छ । सोनु सुदले यो कार्य नरेन्द्र मोदिको भारतीय जनता पार्टी तर्फ इंकित गर्दै कसैको इशारामा गरेको आरोप लागेको छ । सानु सुदले भने आफुले यो कार्य कसैको इशारामा नभई स्वतस्फुर्त रुपमा गरेको अभिव्यक्ति दिएका छन् । यसै बिषयलाई लिएर कलाकार सानु सुदले महाराष्ट्रका मुख्यमन्त्रीलाई भेटेका थिए ।

 

Comments
Related News