मनिषा नेपालमा

सिनेपत्र/काठमाण्डौं
अभिनेत्री मनीषा कोइराला मङ्गलबार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् ।
बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइरालासहित अन्य परिवारका सदस्यसँगै बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाण्डौ प्रस्थान गर्ने बताइएको छ ।
भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’ मनिषा कोइरालाले भने आफु क्वारेन्टाइनमा केहि समय बस्ने जानकारी दिईकि छिन् ।
नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा कोइरालाको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् ।

