सोनाक्षीको पेन्टिङ्ग मोह

सिनेपत्र / चितवन
कोरोनाको कारण विश्बनै ठप्प भईरहेको बेला बलिउड यसबाट अछुत्तो भने रहन सकेन । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्य दिन प्रतिदिन बढ्दै गईरहेको छ । बलिउड नगरी यानेकी मुम्बईमा झन् कोरोना संक्रमितको संख्या डर लाग्दो छ । यसै बिच लकडाउनको यो समयलाई बलिउडका कलाकारहरुले फरक फरक तरिकाले बित्ताउने गरेका छन् ।
बलिउडका चर्चित कलाकार सलमान खानले यो लकडाउनको समयलाई सदुपयोग गर्दै ‘तेरे बिना’ बोलको गीत गाऊनुको साथै त्यसको भिडियो समेत सार्बजनिक गरेका छन् । उनले गाएको यस गीतमा सलमान खान स्वंयम आफु र बलिउडका चर्चित नायिका ज्याकलिन फर्नान्डिजले अभिनय गरेका छन् ।
यस्तै बलिउडकि चर्चित नायिका सोनाक्षी सिन्हा लकडाउनमा पेन्टिङ्गमा रमाएको देखिन्छ । उनले आफ्नो फेसबुकमा आफुले कोरेको पेन्टिङ्ग पोष्ट गरेको पाइन्छ । उनले शान्तिका प्रतिक गौतम बुद्ध, चरा लगाएतको तस्बिर कोरिरहेको भिडियो हालै आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेकि छिन् । उनलाई बलिउडमा सोनाको नामले चिनिन्छ भने उनी भारतका चर्चित कलाकार शत्रुधन सिन्हाका सुपुत्रि पनि हुन् ।
बलिउडकि नायिका शिल्पा सेट्टी टिक टकमा रमाउने गरेको देखिएको छ । उनी आफ्ना श्रीमान् राज कुन्द्रसँग टिकटकमा रमाउने गरेको देखिएको छ । उनको टिकटक एकाउण्डमा हरेक दिन जसो नयाँ नयाँ पोष्ट देख्न सकिन्छ । हुन् त आज भोलि रितेश देशमुख र जेनेलिया डिसुजा टिकटकमा निकै बेस्त देखिन्छन् ।



