चलचित्र ‘थप्पड’ले रिलिजको चौथो दिन कमायाे ५ करोड भारू

सिनेपत्र/एजेन्सी

तप्सी पपन्नु अभिनित चलचित्र ‘थप्पड’ले रिलिजको चौथो दिन ५ करोड भारूकाे व्यापार गरेको छ।

सोमबार ५ करोड भारू कमाइ गरेको चलचित्रकाे चार दिनमा कुल कमाइ १८.७५ करोड भारू पुगेको हाे।

चलचित्र सार्वजनिक भएकाे दिन शुक्रबार ३.७ करोड भारू कमाएको थियो भने शनिबार ५.५ करोड कमाइ गरेको हाे ।

घरेलु हिंसाको शिकार भएकी महिलाको कथामा आधारित चलचित्रले समीक्षकहरूबाट गतिलो तारिफ बटुलेपनि दर्शकहरूलाई आकर्षण गर्न असफल भएको छ।

चलचित्रलाई अनुभव सिन्हाले निर्देशन गरेका हुन्।

तप्सी पन्नुको प्रमुख भूमिका रहेको चलचित्रमा पल्लभी गुलाटी, दिया मिर्जा, माया साराओ, कुमुद मिश्रा आदिको मुख्य भूमिका रहेको छ।

हेर्नुहाेस् ट्रेलर।

Comments
Related News