दीपिकाको फोटोमा जथाभावी टिप्पणी गरेपछि, गयो जागिर पत्रकारको

सिनेपत्र/एजेन्सी

दीपिका पादुकोणको फोटोमा जथाभावी लेखेपछि एक फोटो पत्रकारले जागिर छाड्नु परेको छ।

ती फोटो पत्रकारको जागिर फोटो खिचेका कारण नभई सामाजिक संजालमा दीपिकाको एक फोटोमाथि टिप्पणी गरेका कारण गएको हो।

दीपिका अभिनित ‘छपाक’ हाल प्रदर्शनरतः छ।

उनी अहिले यसै सिनेमाको प्रचारमा व्यस्त छिन। सिनेमाले समीक्षकहरुबाट मिश्रित प्रतिक्रिया बटुलेपनि उनको अभिनयले भने मुक्तखण्ठले प्रशंसा पाइरहेको छ।

भारतीय संचारमाध्यमका अनुसार दीपिका र उनको टिमले ती पत्रकारले गरेको टिप्पणीको स्क्रिनसटसहित उनी काम गर्ने संचारमाध्यममा उजुरी गरेका थिए।

उजुरीपछि ती पत्रकारलाई निलम्बन गरिएको थियो र यसबाट निराश तथा दुःखी पत्रकारले राजिनामा दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।।

Comments
Related News