अभिनेता लिओनार्दो डिकाप्रियो, वास्तविक जीवनमै हिरो !

सिनेपत्र/एजेन्सी
हलिउड अभिनेता लिओनार्दो डिकाप्रियो फिल्ममा मात्र होइन, वास्तविक जीवनमै हिरो बनेका छन्।
‘टाइटनिक’ अभिनेता लिओनार्दोले क्रुज पानीजहाजबाट समुद्रमा खसेका एक जना व्यक्तिलाई बचाएका छन्।
ती व्यक्ति धेरै घन्टासम्म पानीमा रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती व्यक्ति पानीजहाजकै कर्मचारी हुन्। र उनी पानीमा खस्दा नसामा थिए।
लिओनार्दोले बचाउनुअघि ती व्यक्ति ११ घन्टासम्म पौडिएका थिए।
लिओनार्दो आफ्नी प्रेमिका कमिला मोर्रोनसँग डुंगामा सयरमा निस्केका बेला ती व्यक्तिलाई फेला पारेका थिए।
४५ वर्षे लिओनार्दोकी प्रेमिका कमिला जम्मा २२ वर्षकी हुन्। उनीहरूको उमेर फरककै कारण निकै चर्चा भइरहेको छ।
Comments
Related News
Latest Updates
Trending
Videos



