रजनीकान्त स्टारर ‘दरबार’ले रिलिज अगावै कमायो १८० करोड !

सिनेपत्र/एजेन्सी
दक्षिण भारतीय सुपरस्टार रजनी कान्त स्टारर फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको छ। सो फिल्मले भारत लगायतका अन्य मुलुकमा थिएट्रिकल, म्युजिकल र टिभि डिजिटल राइट्स बिक्रि गरि १८० करोड भारुको कमाइ गरेको हो।
२५० करोडको लागतमा निर्माण भएको यस फिल्मलाई एआर मुरुदासले निर्देशन गरेका हुन्। यसअघि उनले ‘गजनी’, ‘अकीरा’, ‘होलिडे’ लगायतका फिल्महरु निर्देशन गरेका थिए।
‘दरबार’लाई तमिल, तेलेगु, मलायम र हिन्दी गरि चारवटा भाषामा रिलिज गरिदै छ। फिल्ममा राजनीकान्त पुलिस अफिसको भूमिकामा प्रस्तुत भएका छन्।
‘दरबार’मा रजनीकान्तसँगै योगी बाबु, सुनिल सेट्टी, जतिन शर्मा, नवाब शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
Comments
Related News
Latest Updates
Trending
Videos



