अमेरीकाको डिसि एरिया तताउदैं नेपाली कलाकारहरु

हाम्रो कला/अमेरीका

ईनास अमेरीकाले अमेरीकाको डिसि मेट्रो एरियामा विविध साँगीतिक कार्यक्रम अयोजना गरेको छ । नेपाली चर्चित गायकगायिकाहरुको प्रस्तुति रहने उक्त कार्यक्रम यही अगस्ट १३ गते हुदैंछ ।

लोकप्रिय गायिका अन्जु पन्तको विशेष प्रस्तुति रहने कार्यक्रममा गायकहरु कन्हेया सिंह, लक्ष्मण पौडेल, अर्जुन घिमिरेको प्रस्तुति रहनेछ भने, गायिकातर्फ अन्जना गुरुङ्ग, रिताश्रेष्ठ, कल्पना देवकोटा लगायतको प्रस्तुति रहनेछ ।

स्थानिय ब्याण्डको प्रस्तुतिकासाथै फ्युजन नेपाली ब्याण्डको आर्कषक प्रस्तुति रहने आयोजककातर्फबाट गायक लक्ष्मण पौडेलले बताउनु भएकोछ ।

Comments
Related News