संर्घष आफ्नै आफ्नै

हाम्रो कला/एजेन्सी
हरेक मान्छेको आआफ्नै कथा हुन्छ । स्थापित भइसकेकाहरू पनि अनेक संघर्ष गर्दै उचाइमा पुगेका हुन्छन् । यहाँ केही सेलेब्रिटीले संघर्षकालमा गरेका सामान्य लाग्ने कामबारे चर्चा गरिएको छ ।
मोर्गन फ्रिम्यान, अभिनेता
युवा अवस्थामा उनले पेपरब्वाइको अनुभव बटुले । बिहान सबेरै उठेर उनी घरघरै पत्रिका पुर्याउन जान्थे । बिहानको काम सकेर स्कुल जान्थे । नौ वर्षकै उमेरमा अभिनय क्षेत्रमा लागेका उनी केही वर्ष अमेरिकी सेनामा पनि आबद्ध भए । यूएस एयर फोर्समा छँदा उनले राडार टेक्निसियनका रूपमा काम गरे ।
म्याडोना, गायिका
यी पप क्विन कुनै बेला डनकिन डुनट्समा पेस्ट्री बेच्थिन् । न्यु योक्र्स टाइम्स स्क्वायरमा रहेको उक्त बेकरी सपमा उनी धेरै समय टिक्न भने सकिनन् । उनले सर्भ गर्न लागेको दुनोटभित्रको क्रिम उछिट्टिएर एक ग्राहकको जीउमा लागेपछि उनलाई जागिरबाट निकालियो । उनले थुप्रै फास्टफुड हाउसमा वेट्ेरसका रूपमा काम गरिन् ।
सिल्भेस्टर स्टलोन, अभिनेता
एक्सन स्टार सिल्भेस्टर यत्तिकै यो स्थानमा आइपुगेका होइनन् । अभिनय क्षेत्रमा लागेर ‘र्याम्बो’ बन्नुअघि उनको आर्थिक अवस्था कमजोर थियो । अर्थोपार्जनका लागि उनले न्युयोर्कस्थित सेन्ट्रल जु पार्कमा सिंहको खोर सफा गर्ने काम गरे । प्रतिघण्टा ११५ रुपैयाँ ९१।१२ डलर० पारिश्रमिकमा आफूले केही महिना काम गरेको उनी सगर्व बताउने गर्छन् ।
ग्वेन स्टेफानी, गायिका
अमेरिकाको प्रख्यात फास्डफुड तथा आइसक्रिस रेस्टुरेन्ट डेरी क्वीनमा ग्वेनले काम गरेकी थिइन् । हाइस्कुल सकिनासाथ उनी रेस्टुरेन्टकी कर्मचारी बनेकी थिइन् । त्यही रेस्टुरेन्टका सहकर्मी जोन स्पेन्स र एरिक स्टेफानीले ग्वेनको ब्यान्ड ‘नो डाउट’ स्थापना गरिदिएका थिए । रेस्टुरेन्टमा रहुन्जेल उनले भुइँ पुछ्ने र आइसक्रिम सर्भ गर्ने काम गरिन् ।
बमन इरानी, अभिनेता
बमनले मुम्बईको ताज महल प्यालेस होटलमा वेटर र रुम सर्भिस अटेन्डेन्टको जागिर खाएका थिए । उनी त्यस बेला आफ्नी आमालाई बेकरी सप चलाउन पनि मद्दत गर्थे । फिल्ममा सोख भएकाले उनी रंगमञ्च छिरेका थिए । फोटोग्राफी पनि सिके । ‘मुन्ना भाई एमबीबीएस’ मा काम देखाएपछि भने उनले पुरानो पेसा त्यागिदिए ।
अक्षय कुमार, अभिनेता
तेक्वान्दोमा ब्ल्याकबेल्ट पाएपछि अक्षय मार्सल आर्ट सिक्न थाइल्यान्ड गएका थिए । त्यहाँ उनले सेफ र वेटर बनेर पारिश्रमिक थापे । भारत फर्किएपछि मार्सल आर्ट शिक्षकको रूपमा जागिर सुरु गरे । रोचक कुरा के भने, अक्षयलाई उनकै विद्यार्थीले मोडलिङ लाइनमा प्रवेश गराएका थिए । सानै कम्पनीबाट रामरमिताको दुनियाँमा छिरेका उनी अहिले स्टार एक्टर बनिसकेका छन् ।
सोनाक्षी सिन्हा, अभिनेत्री
सोनाक्षीले फेसन डिजाइनिङ पढेकी हुन् । मुम्बईको एउटा विमेन्स युनिभर्सिटीबाट डिजाइनिङमा ग्राजुएसन गरेपछि उनी कस्टयुम डिजाइनर बनिन् । ‘मेरा दिल ले के देखो’ जस्ता फिल्ममा उनी कस्टयुम डिजाइनरका रूपमा आबद्ध भइन् । सलमान खानको ‘दबंग’ बाट डेब्यु गर्नुअघि उनले ल्याक्मे फेसन विकमा क्याटवाक गरेकी थिइन् ।
परिणीति चोपडा, अभिनेत्री
उच्च शिक्षका लागि बेलायत गएकी परिणीतिले त्यहाँ तीन विषयमा अनर डिग्री हासिल गरिन् । म्यान्चेस्टर बिजनेस स्कुलले उनलाई बिजनेस, फाइनान्स र इकोनमिक्समा डिग्री सर्टिफिकेट दिएको थियो । त्यहाँ पढुन्जेल उनले म्यान्चेस्टर फुटबल क्लबमा क्याटरिङ डिपार्टमेन्ट प्रमुख भएर काम गरेकी थिइन् । ‘लेडिज भर्सेस रिकी बहल’ मा आउनुअघि उनी यशराज फिल्म्स स्टुडियोमा पब्लिक रिलेसन कन्सल्टेन्ट थिइन् ।
(कान्तिपुर दैनिकबाट)


