आखिर को हुन् विनोद खन्ना ?

हाम्रो कला/बलिउड
विनोद खन्ना एक भारतीय अभिनेता तथा राजनितिज्ञ हुन् ।
विनोद खन्नाको जन्म सन् १९४६, अक्टुबर ६ को दिन भारतको पेशावरमा भएको हो । उनको माता कमला खन्ना र पिता किशनचंद खन्ना थिए । उनको परिवार सन् १९४७ मा पेशावरबाट मुंबई आएको थियो ।
पढाई
सन् १९६० पछाडी उनको स्कुले शिक्षा भारत नासिकको एक बोर्डिङ्ग स्कुलबाट भयो । उनले त्यहीको सिद्घेहम कलेजबाट कर्मशमा स्नात्तकतह उर्तिण गरें ।
करियर
उनले आफ्नो अभिनय यात्राको शुरुवात सन् १९६८ बाट गरेका थिए । जति बेला उनले फिल्म ‘मनका मित’मा खलनायको रुपमा अभिनय गरेका थिए । धेरै फिल्ममा उनले सहायक तथा सानातिना भुमिकामा अभिनय गर्दै सन् १९७१ मा उनि मूख्य भुमिकामा अभिनित फिल्म हम तुम और वो दर्शक माझ आयो । उनिले केही समय फिल्मी संसारबाट सन्यास लिए र आचार्य रजनीशको अनुयायी बनें । केही समयको अध्यात्मिक यात्रा पछी उनी पूनः फिल्मी दुनियाँमानैं फर्किए ।
राजनीती करियर
सन् १९९७ र १९९९ मा दुई पटक पंजाबको गुरदासपुर क्षेत्रबाट भारतीय जनता पार्टीको तर्फबाट सांसदमा चुनिएका थिए । सन् २००२ मा संस्कृतिक तथा पर्यटनको केन्द्रिय मन्त्री भए । त्यसको ६ महिना पछाडी उनलाई विदेश ममला सम्बन्धी मन्त्रालयमा राज्यमन्त्री बन्ने अवसर मिलेको थियों ।

(भारतीय अनलाईनहरुको सहयोगमा ।)

Comments
Related News