१ वर्षदेखि तालिममा टम क्रुज

हाम्रो कला/हलिउड

‘मिसन इम्पोसिबल-घोस्ट प्रोटोकल’मा हलिउड अभिनेता टक क्रुजले संसारकै अग्लो भवन बुर्ज खलिफामा एक्सन गरे भने ‘मिसन इम्पोसिबल-रग नेशन’मा उडिरहेको प्लेनको ढोकामा झुण्डिएको एक्सन गरे। यस स्पाइ एक्सन फिल्म श्रृखंलाको छैटौं श्रृखंलामा ती फिल्मका भन्दा भव्य र खतरनाक एक्स्न दृश्य दिन क्रुजले ठूलै तयारी गरिरहेको खुलासा भएको छ।

फिल्मका निर्माता डेभिड एलिसनले विगत १ वर्षदेखी क्रुज नयाँ फिल्मको लागि तयारी गरिरहेको खुलासा गरेपछि यसको रहस्योदघाटन भएको हो।

‘हामी रोमाञ्चित छौ। किस्टोफर म्याक्वायर फेरी फर्किसकेका छन्। फिल्मको लेखन र निर्देशन निसन्देह उनले ने गर्नेछन्। आगामी फिल्म टमले यसअघिका फिल्म भन्दा भव्य एक्शन गर्नेछन्। त्यसले यसअघिका सम्पूर्ण एक्शन दृश्यलाई पछाडी पार्नेछ। उनी रोग नेशन देखी यसकै तयारीमा छन्। फिल्मले सबको होस उडाउनेछ’ निर्माता इलिसनले भने।

फिल्म आगामी वर्षको जुलाईमा रिलिज हुनेछ।

Comments
Related News