‘आइरिस मिटेनएर’ भइन् मिस युनिभर्स

हाम्रो कला/ फिलिपिन्स
मिस युनिभर्सको उपाधि मिस फ्रान्स आइरिस मिटेनएरले जितेकी छिन् । उत्तरी फ्रान्सको सानो शहर लिलेकी आइरिसले प्रतियोगितामा निर्णयकले सोधेको प्रश्नको जवाफ दिदैं, ‘यदि अन्तिम तीनमा आफ्नो यात्रा टुंगिएमा आफुले सम्मानित महसुस गर्ने बताएकी थिइन् ।’ आइरिस पेशाले डेन्टल सर्जन हुन् । उनि उमेरले २३ वर्षकी छिन् ।

उक्त प्रतियोगितामा हैटीकी २५ बर्षिय रक्वेल पेलिजर दोस्रो र कोलम्बियाकी २३ बर्षिय अन्डेरिया तोभार तेस्रो स्थान ओगट्न सफल भएकी छिन् । प्रतियोगितामा ८६ देशका प्रतिस्पर्धी सहभागी थिए ।

Comments
Related News